एजेन्सी -कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो । आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको
एजेन्सी – एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् । बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ
एजेन्सी – कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् । चीनको ऊहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास
काठमाडौ – बलिउडका चर्चित कलाकार ऋषि कपूरको निधन भएको छ । ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना भएका थिए । उनको निधनको खबर अभिनेता अभिताभ बच्चनले ट्विट गर्दै दिएका छन्
एजेन्सी – अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ । आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो । उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको
काठमाडौ – कोरोनाभाइरसविरूद्धको खोप बेलायतमा मानिसहरुमा परीक्षण गरिने भएको छ। बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय मा बिहीबारदेखि यो परीक्षण सुरू हुन लागेको हो। बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानकक ले मंगलबार कोरोना भाइरस विरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन्। उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ। मन्त्री ह्यानककले
एजेन्सी – अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् । उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब
ढाका (एजेन्सी) : बंगलादेशमा कोविडका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लंघन गर्दै हजारौँ व्यक्ति इमाम हुसेन तौफिक (एचटी) अन्त्येष्टिमा सहभागी भएका छन्। पचपन्न वर्षीय इमामको शुक्रवार मृत्यु भएको थियो। उनी वरिष्ठ इस्लामिक धार्मिक नेता थिए भने प्रधानमन्त्री शेख हसिना वाजेदका सल्लाहकार समेत थिए । विश्वव्यापी समस्या बनेको कोविड संक्रमण फैलिनसक्ने भन्दै इमामको अन्त्येष्टिका लागि उनको
काठमाडौ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकबो जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र
काठमाडौं – विश्व स्वास्थ्य संगठन कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले