Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

इजिप्टको छुट्टाछुट्टै विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु १०० भन्दा बढी घाइते

Monday, April 10, 2017 National Power

२८ चैत्र, इजिप्ट – आइतबार गराइएका विस्फोटमा इजिप्टको छुट्टाछुट्टै दुई स्थान चर्चमा  कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन्।

आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ। आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी दर्शनार्थी घाइते भएका छन्।

इजिप्टकै सामुद्रिक किनारामा अवस्थित अर्को एक सहर अलेक्जेन्ड्रियामा सेन्ट मार्कको चर्चमा भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका इजिप्टको प्रहरीले जनाएको छ।