Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आत्मघाती कार बम हमला, सयको मृत्यु

Sunday, April 16, 2017 National Power

३ बैशाख, – सरकारी नियन्त्रण भएको इलाकाबाट सिरियामा बसबाट बाहिर निस्किरहेका मानिसको समूहमाथि आत्मघाती कार बम हमला भएको छ जसमा कम्तीमा पनि सयजनाको मृत्यु भएको छ । बसमा दुई गाउँमा मानिसहरु थिए जो अन्य सुरक्षित स्थान जानका लागि प्रतिक्षारत थिए ।

विद्रोही र सरकारको नियन्त्रण भएको दुई–दुई इलाकाबाट करिब ३० हजार मानिसहरु निकालिनु पर्ने थियो तर समाचार एजेन्सी एफपीका अनुसार सरकारको कब्जा भएको इलाकामा अहिले पनि पाँच हजार र विद्रोहीको नियन्त्रण भएको शहरमा २ हजार २ सय मानिसहरु फसेका छन् ।
संयुक्त राष्ट्रका अनुसार दैनिकको हिंसा र अभावको चक्करमा ६४ हजारभन्दा धेरै मानिसहरु फसेका छन् ।

एफपीका अनुसार सहायता समूह सिरियन अरब रेड क्रेसेन्ट अगाडि बढ्न प्रतिक्षा गरिरहेका करिब तीन हजार ७ सय मानिसहरुलाई खाना र पानी बाँडिरहेको छ । रिपोर्टका अनुसार यी चार शहरमा खानाको कमीका कारण थुप्रैको मृत्यु भएको छ ।