Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

अन्तराष्ट्रिय

राष्ट्रपतिकाे मृत्युकाे भविष्यवाणी गर्ने ज्याेतिष पक्राउ

१९ माघ, श्रीलंका – राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ । हाल पक्राउ

ट्रम्पकाे भिसा सम्बन्धि नयाँ नीति, बार्षिक १ लाख ३० हजार डलर अाम्दानी हुनुपर्ने

डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् । यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ । ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै नेपालीहरु समेत प्रभावित हुनेछन्

युपी चुनाबमा काँग्रेस र एसपीको गठबन्धन

१६ माघ, युपी – आफ्नै बाबुसँग बगावत (सम्बन्ध बिच्छेद) गरेका उत्तर प्रदेशका मुख्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले कांग्रेस आईका नेता राहुल गान्धीसँग दोस्तीको हात बढाएका छन् । आइतबार लखनउमा पत्रकार सम्मेलन र रोड शोमा सँगै देखिएका अखिलेश र राहुलले गंगा र यमुना नदी मिलेपछि उत्तर प्रदेशको राजनीति सफा हुने उदघोष गरे । उनीहरुले

चिसाेले अफगानिस्तानमा २७ काे ज्यान लियाे

१४ माघ (अफगानिस्तान)-अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिनुभएको छ । “अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले सिन्ह्वालाई बताउनुभयो

तिम्राे पर्खाल तिमि अाँफै बनाउः मेक्सिकाे

अमेरिकाले सीमा क्षेत्रमा बनाउन भनेको पर्खालको खर्च नव्यहोर्ने मेक्सिकोले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । र, यो पर्खाल बनाउन लाग्ने अर्बौं रकम मेक्सिको सरकारले व्यहोर्नु पर्ने उनले बताएका छन् । तर, मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले पर्खाल बनाउने योजनाप्रति

ट्रम्पकाे कार्यकारी निर्णय, मेक्सिकाेमा पर्खाल र गैर कानुनी अाप्रवासीलाइ देश निकाला गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई गैरकानुनी रूपमा प्रवेश रोक्न अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात नभई बसोबास गर्नेलाई फिर्ता पठाउने (डिर्पोटेशन) दुई कार्यकारी निर्देशन हस्ताक्षर गरेका छन् ।   केही शहरहरु (सेन्जुरी सिटी) ले गैरकानुनी रूपमा बसोबास गर्नेप्रति उदारता देखाउँदै समाउने र छाड्ने गर्ने नीतिलाई पनि यो कार्यकारी निर्देशनमार्फत समाप्त गरिएको छ । निर्वाचनका बेला

फेसबुकमा बलात्कारकाे लाइभ गर्ने पक्राउ

स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको भन्दै फोन

ट्रम्प विरुद्धको प्रदर्शनीमा लाखौंको सहभागिता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणमा लगभग १५ लाख मानिस सहभागी भएपनि मिडियाले झुठो विवरण पेस गरेको आरोप लगाएका छन् । राष्ट्रपति भएपछि पहिलोपटक सिआईएको मूख्यालयको अवलोकन भ्रमण गरेका उनले सोही अवसरमा मिडियामाथि आरोप लगाएका हुन् । ‘मैले क्यापिटल हिलमा सम्बोधन गर्दा लगभग १५ लाख मानिस सहभागी भएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘मानिसको भिड

फेसबुकका मालिक, जाे फेसबुक अाँफै चलाउँदैनन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् । त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका

अाज सपथ लिँदै ट्रम्प

वासिङटनमा २० जनवरीको विहान ह्वाइट हाउसको पलङमा बाराक ओबामाले आँखा खोल्नेछन् । तर, जब रात पर्नेछ त्यो पलङमा ओबामा होइन, डोनाल्ड ट्रम्प सुत्नेछन् । दिनको ठिक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न सक्दैनन् । वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार नेतृत्व अदलबदल गर्ने प्रक्रियाका लागि