Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्टकहोम आक्रमणकारी पक्राउ

Sunday, April 9, 2017 National Power

२७ चैत  – शुक्रबार राजधानी स्टकहोममा गराइएको लरी आक्रमणको घटनापछि पक्राउ गरिएका व्यक्ति हमलाकारी भएको विश्वास बढ्दै गएको स्विडेनको प्रहरीले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलनमा पक्राउ गरिएका ३९ वर्षीय पुरुष उज्बेकिस्तानको भएको बताए।

एउटा लरी मध्य स्टकहोममा मान्छेहरुको भीडमा र एउटा पसलमा ठोक्काइँदा कम्तीमा चारजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए।

यसअघि संदिग्ध आतंकवादी भएको आशंकामा ती व्यक्तिलाई शहरको उत्तरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो।

प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा अर्का व्यक्ति पनि पक्राउ परेको विवरणलाई पनि पुष्टि गरिसकेको छैन।

आक्रमणपछि प्रधानमन्त्रीको आदेशमा नाकाहरुमा सुरक्षा कडा पारिएको छ।