Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

हतियारकाे नयाँ रूप केमिकल, सिरियामा ५८ काे मृत्यु

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडौं – सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनाैं घाइते भएका छन् ।

मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय कोअर्डिनेसन कमिटीहरुको नेटवर्कले केही तस्बिरहरु पोष्ट गरेका छन् ।

स्थानीय एम्बुलेन्स सर्भिसका एक सूत्रले बताएअनुसार हमलाको शिकार हुनेमा थुप्रै बालबच्चाहरु थिए जो सडकमै छट्पटाएर मरिरहेका देखिन्थे । घाइते व्यक्तिहरुको उपचार भइरहेको एउटा मेडिकल सेन्टरमा पनि हमला भएको थियो ।

सिरियाको सरकारले रसायनिक हतियारको प्रयोगलाई लगातार इन्कार गर्दै आएको छ । तर, संयुक्त राष्ट्रसंघ र अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपनले अघिल्लो अक्टोबरमा गरेको अनुसन्धानले निश्कर्ष निकालेको थियो कि सन् २०१४ र २०१५ का बीचमा सरकारी सेनाले कमसेकम तीनपटक क्लोरीनलाई हतियारका रुपमा प्रयोग गरेको थियो ।