Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हतियारकाे नयाँ रूप केमिकल, सिरियामा ५८ काे मृत्यु

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडौं – सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनाैं घाइते भएका छन् ।

मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय कोअर्डिनेसन कमिटीहरुको नेटवर्कले केही तस्बिरहरु पोष्ट गरेका छन् ।

स्थानीय एम्बुलेन्स सर्भिसका एक सूत्रले बताएअनुसार हमलाको शिकार हुनेमा थुप्रै बालबच्चाहरु थिए जो सडकमै छट्पटाएर मरिरहेका देखिन्थे । घाइते व्यक्तिहरुको उपचार भइरहेको एउटा मेडिकल सेन्टरमा पनि हमला भएको थियो ।

सिरियाको सरकारले रसायनिक हतियारको प्रयोगलाई लगातार इन्कार गर्दै आएको छ । तर, संयुक्त राष्ट्रसंघ र अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपनले अघिल्लो अक्टोबरमा गरेको अनुसन्धानले निश्कर्ष निकालेको थियो कि सन् २०१४ र २०१५ का बीचमा सरकारी सेनाले कमसेकम तीनपटक क्लोरीनलाई हतियारका रुपमा प्रयोग गरेको थियो ।