Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

अभिनेत्री सानिया खानको स्काइ डान्स स्टुडियो सञ्चालनमा

Friday, April 17, 2026 National Power

काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानिया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा सहितको “स्काइ डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी छन्। बुधबार एक विशेष कार्यक्रमबीच स्टुडियोको औपचारिक शुभारम्भ गरिएको हो।

नेपाली लोक, आधुनिक, पप, जुम्बालगायत विभिन्न शैलीका नृत्य सिकाइने उक्त स्टुडियोमा सबै उमेर समूहका नृत्यप्रेमीका लागि विविध कोर्सहरूको व्यवस्था गरिएको छ। नृत्यप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुणस्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यले स्टुडियो स्थापना गरिएको बताइएको छ।

स्टुडियोको उद्घाटन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रूपमा रिवन काटेर गरेका थिए। कार्यक्रममा नायक सबिन श्रेष्ठ, निर्देशक लक्ष्मण सुवेदी, राज बस्न्यात, रामेश्वर बुर्लाकोटी, पनाह अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो।

नेपालकै पहिलो “खान” अभिनेत्रीका रूपमा परिचित सानीया खानले डोली, कुइनेट, दुर्गामाण्डुहिँड्दा हिँड्दै जस्ता चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

कलाकारिताप्रतिको आफ्नो गहिरो मोह र नृत्यप्रतिको लगावलाई अझै विस्तार गर्दै नयाँ प्रतिभाहरू उत्पादन गर्ने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याएको उनले बताएकी छन्। नृत्य क्षेत्रमा रुचि राख्नेहरूका लागि “स्काइ डान्स स्टुडियो” अब एक आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।