Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

केमिकल अाक्रमणमा मर्नेेकाे संख्या ७२ पुग्याे

Thursday, April 6, 2017 National Power

चैत २४, सिरिया – सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने सो संस्थाले जनाएको छ । सिरियाली विद्रोहीको प्रभावमा रहेको इदलिब क्षेत्रको खान सेइखुनमा हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो ।

मङ्गलबार बिहानै भएको रासायनिक आक्रमणको घटनामा सिरियाको सत्तापक्षको सेनाको हात रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले आशङ्का गरेको छ । घटनाको सर्वत्र विरोध भएको छ । देशभित्र कै प्रतिपक्षी दल र अन्य देश तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाले पनि घटनाको निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ, बेलायत, फ्रान्सले विषालु ग्यासको आक्रमण अमानविय र क्रुर भएको भन्दै निन्दा गरेका हुन् । अमेरिकाले पनि सिरियाको विद्रोही नियन्त्रित एउटा शहरमा भएको विषाक्त ग्यास आक्रमणमा सिरियाली सरकारको हात रहेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उक्त आक्रमणमा बसर अल असदकै सरकार संलग्न रहेकोमा आफू विश्वस्त रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगै विदेशमन्त्री रेक्स टिलरसनले पनि आक्रमणको चर्को आलोचना गर्नुभएको छ ।

सिरिया कै प्रतिपक्षी दलले घटनामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारको संलग्नता रहेको भन्दै छानविन गर्न संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको छ । त्यसैगरी फ्रान्सले यसबारे सुरक्षा परिषदमा छलफल हुन जरुरी देखिएकोले तत्काल बैठक बोलाउन राष्ट्रसङ्घलाई आग्रह गरेको छ ।

घटनालाई घृणास्पद भन्दै फ्रान्सले घटनाको निन्दा गर्दै कुनैपनि राष्ट्र चुप रहनु वा खम्चिन नहुने जनाएको छ । यद्यपि सिरियाली वरिष्ठ सैनिक अधिकारीले घटनामा सेनाको संलग्नता नरहेको बताएका छन् । यदि यसप्रकारको घटना सम्बन्धमा पुष्टि भएको खन्डमा पछिल्लो आक्रमण सिरियाली गृहयुद्ध कै सबैभन्दा भीषण रासायनिक हमला भएको जनाइएको छ ।