Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

बरेलीमा बस र ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा २० को मृत्यु १५ घाइते

Monday, June 5, 2017 National Power

२२ जेठ, भारत – भारत उत्तर प्रदेशको बरेलीमा ट्रक र बस एक आपसमा ठोक्किएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् ।

गएराति यूपी रोडवेजको बस ट्रकसँग ठोक्किएपछि आगो लागेको थियो । ठूलो आगोको कारण बसका सबै यात्रुहरु बाहिर निस्किन नसकेर २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । आगलागी सुरु भएको करिब २० २५ मिनेटपछि घटनास्थलमा दमकल पुगेको थियो । दमकलले आगो निभाउन्जेल बस र ट्रक पूरै जलिसकेका थिए ।

गएराति अबेर एक बजे गोन्डा डिपोबाट एक बस दिल्लीबाट फर्किँदै थियो । बस चालकले हाइवेमा बसलाई ब्याक गर्दै थिए । बरेलीमा बस पुगेको बेला लखनउ तर्फबाट तिव्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्कर दियो । बस र ट्रक दुबैमा आगो लागेको घटनाका प्रत्यक्षदर्शीले जनाएका छन ।

२० जनाको घटनास्थलमा मृत्यु भएको र घाइतेहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि पुगेका स्थानीयबासीका अनुसार घाइतेहरुलाई उद्धार गर्न खोजे पनि बसको ढोका नखुलेकाले धेरै मानवीय क्षति भएको हो । यात्रुहरुले इमर्जेन्सी गेट खोल्न खोज्दा त्यो पनि नखुलेको प्रत्यक्षदर्शीले बताएका छन् ।