Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

बेलायत आक्रमणमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ

Monday, June 5, 2017 National Power


२२ जेठ – बेलायतको लण्डनमा भएको आक्रमणपछि स्थानीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गएराति भएको आक्रमणमा सात जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । घाइते मध्ये ३६ जनाको अस्पतलामा उपचार भइरहेको छ भने २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ । तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको र भ्यानमा आएका व्यक्तिले प्रहरी तथा सर्वसाधारणमाथि अन्धाधुन्द चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीको क्रममा आक्रमणकारी मारिएका छन् । प्रहरीले ५० राउण्ड गोली चलाएको थियो । आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा एवम् भत्सर्ना गरेका छन् ।