Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बेलायत आक्रमणमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ

Monday, June 5, 2017 National Power


२२ जेठ – बेलायतको लण्डनमा भएको आक्रमणपछि स्थानीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गएराति भएको आक्रमणमा सात जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । घाइते मध्ये ३६ जनाको अस्पतलामा उपचार भइरहेको छ भने २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ । तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको र भ्यानमा आएका व्यक्तिले प्रहरी तथा सर्वसाधारणमाथि अन्धाधुन्द चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीको क्रममा आक्रमणकारी मारिएका छन् । प्रहरीले ५० राउण्ड गोली चलाएको थियो । आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा एवम् भत्सर्ना गरेका छन् ।