Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अमेरिकाले आइसिबिएम विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गर्यो

Wednesday, May 31, 2017 National Power

१७ जेठ – अमेरिकाले अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाले पहिलो पटक आइसिबिएम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सी (एमडिए) ले जनाएको छ । लामो समयको योजनापछि सुरक्षा प्रणालीको परीक्षण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल परीक्षणका कारण आफूहरुले सुरक्षा प्रणालीको परीक्षण गरेको पेन्टागनको भनाई छ । उत्तर कोरियाको लगातारको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव भने बढ्दै गएको छ ।

उत्तर कोरियाले यो वर्षको नवौं मिसाइल परीक्षण गरेपछि पेन्टागनले सुरक्षा प्रणालीको परीक्षण गरेको हो । मिसाइल सुरक्षा प्रणालीको परीक्षण निकै महत्वपूर्ण रहेको एमडिएका निर्देशक विक एडम जिमले बताए ।