Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

इरानको संसद् भवन र सर्वोच्च नेताको निवासमा गोली चल्यो, केही घाइते

Wednesday, June 7, 2017 National Power

इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ ।

इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् ।

त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ ।

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो ।

इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ कि संसद भवनभित्र एके-४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।

संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले भनेको छ कि त्यहाँ तीन आक्रमणकारी थिए, त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए ।

समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको छ । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समान समयमा गोली चलेको समाचारमा जनाइएको छ ।