Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध

Tuesday, June 6, 2017 National Power


२३ जेठ – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् । यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै सात छिमेकी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका थिए । बहराइन, इजिप्ट, युएई तथा साउदी अरेबियाले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् । यस्तै यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने बिद्रोही समूह इस्लामिक स्टेट वा अरु कुनै त्यस्ता आतंककारी समूहलाई आफूले समर्थन नगरेको र आफ्नो देशमाथि उठाइएको कदम अनुचित रहेको बताएको छ ।