२३ असोज,काठमाडौँ – परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । छलफलका क्रममा दुई पक्षीय सहकार्य
२२ असोज,काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वर्षौं वार्ता गर्दा पनि कुनै उपलब्धि ननिक्लेको भन्दै चेतावनी दिएका छन्। अब उत्तरसँग समस्या समाधान गर्न ‘एक चिजले मात्र काम गर्न सक्छ’ भन्दै ट्रम्पले ट्वीट गरेका हुन्। बिबिसीका अनुसार आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘राष्ट्रपति र उनका सरकारले उत्तरसँग वर्षौंदेखि वार्ता गर्दा पनि कुनै नतिजा निस्किएन।
४ असोज, मेक्सिको – मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर
एजेन्सी – एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए । उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको
२९ भदौ, – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान
२५ भदौ, याङ्गुन- म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन् । “अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ । युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट
२३ भदौ , कतार – कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता मार्फत् समस्याको समाधान गर्न सकिने उहाँको भनाइ रहेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ । कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका
१८ भदौ, – इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात जनाको ज्यान गएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको ज्यान गएको साथै अन्य १२ घाइते भएका इराकी अधिकारीले जानकारी दिएका छन । राजधानी बग्दादबाट झण्डै
१६ भदौ – पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवारका १३ जना प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्
४ भदौ – भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ भने अन्य ८५ जना घाइते भएका छन् । पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् । घाइते सबैको सरकारी