Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तर प्रदेशमा रेल दुर्घटना, २१ जनाको मृत्यु

Sunday, August 20, 2017 National Power

४ भदौ – भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ भने अन्य ८५ जना घाइते भएका छन् । पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् । घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

रेलका अरु झण्डै दुई हजार यात्रुलाई बसमार्फत गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।