Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

बाघले तर्साएपछि दर्जन बाँदरको मृत्यु

Friday, September 15, 2017 National Power

एजेन्सी – एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो ।

स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए ।

उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

‘ती बाँदरहरु बाघको गर्जनका कारण डराएपछि हृदयघात भएको हुनसक्छ किनभने उक्त स्थानमा बाघ घुमिरहने गर्दछन् ।’

वन विभागका कर्मचारीले बाँदरलाई सोमबार भेटेको र उनीहरुको शरिरलाई पोलिथिन ब्यागमा राखेको बताइएको छ ।

सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् । उनीहरुले बाँदरको मृत्यु कुनै संक्रमणका कारण भएको दाबी गरेका छन् ।

पशु चिकित्सक डा. विजेन्द्र सिंहले टाइम्स अफ इन्डियालाई भने, ‘बाँदर वन्यजन्तु हुन् त्यसकारण उनीहरुको यसरी मृत्यु हुन असम्भव छ । यी सबै बाँदरलाई सम्भवतः कुनै भयानक संक्रमण भएको हुनसक्छ ।’