Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

खाडी समस्या समाधान गर्न रचानात्मक वार्ता गरौं : कतारी राजा

Saturday, September 9, 2017 National Power

२३ भदौ , कतार – कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गर्नुभएको छ ।

कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता मार्फत् समस्याको समाधान गर्न सकिने उहाँको भनाइ रहेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।

कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा खाडी समस्याको पछिल्लो अवस्थाका बारेमा छलफल भएको समाचारमा जनाइएको छ ।

उहाँहरू दुवै जनाले क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि पनि सरोकारवालालाई राखेर कुटनीतिक तवरबाट समाधान निकाल्नु पर्नेमा जोड दिनुभएको थियो ।

कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्ता मार्फत् समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताउनु भएको थियो ।
उहाँहरुका बीचमा विभिन्न क्षेत्रमा दुई देशको राणनीतिक साझेदारीलाई कसरी अझ बलियो र फराकिलो बनाउने भन्ने बारेमा पनि छलफल भएको छ ।

खाडी राष्ट्रहरूमा देखिएको विवाद सममाधान गर्न भन्दै कुवेतले गत जुन पाँच देखि मध्यस्थकर्ताको रूपमा प्रयास गरिरहेको छ ।

साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएइ), बहराईन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । उनीहरूले जमिन, समुद्र र हवाइ सम्पर्क समेत बन्द गरेका छन् ।

कतारले आतङकवादीहरूलाई सहयोग गरेको भन्दै ती देशहरूले कतारसँगको नाकावन्दी गरेका हुन् ।

– एजेन्सीको सहयोगमा