Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

Friday, September 1, 2017 National Power

१६ भदौ – पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवारका १३ जना प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई आक्रमण्मा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् । अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको ज्यान गएको केही दिनमा नै पुनः यो घटना भएको अफगान अधिकारीले जनाएको छ । अफगानिस्तानमा यस वर्षको सुरुदेखि अहिलेसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६ सय ६२ व्यक्तिको ज्यान गएको छ भने तीन हजार ५ सय घाइते भएका छन् ।