Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु

Sunday, April 30, 2017 National Power

१७ बैशाख, विश्केक – दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

शनिबार राति पहिरो गएको र सात घरहरु पुरेको, छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको खबर छ।

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्रीलाई घटनास्थलमा पुगी उद्धार कार्यलाई अघि बढाउन निर्देशन दिएका छन्।शनिबार दिउँसोसम्म घटनास्थलमा १०० सेनासहित २५० उद्धारकर्मी पुगी उद्धार कार्यमा जुटेका बताइएको छ।