Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आइएसको आक्रमणमा परि , कम्तिमा ३० जनाको मृत्यु

Wednesday, May 3, 2017 National Power

२० बैशाख – बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ । इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ ।

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो । आइएसका लडाकुले सिरियन डेमोक्र्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पाँचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको ज्यान गएको जनाएको छ भने त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् । घटनामा अन्य ३० जना घाइते भएका छन् ।

सिरियाली सरकारी समाचार संस्थाले भने घटनामा ३० भन्दा बढी सर्वसाधारणको ज्यान गएको र ३४ जना घाइते भएको जनाएको छ । तर आक्रमण आत्मघाती रहे नरहेको भने खुलाएको छैन । तर कुर्दिस रेड क्रिसेन्टले भने घटनामा २२ जना सर्वसाधारणको ज्यान गएको बताएको छ ।