Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

गोली प्रहारबाट मन्त्रीको मृत्यु

Friday, May 5, 2017 National Power

२२ बैशाख, रमोगादिसु – सोमालियाका एक मन्त्रिको गोली प्रहारबाट ज्यान गएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट सोमालियाका सार्वजनिक कार्य र पुननिर्माण मन्त्री अब्बास अब्दुल्लाही शेख सिराजीको बुधबार बेलुका मृत्यु भएको हो ।

त्यहाँको राष्ट्रपति कार्यालयनजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चारमन्त्रीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका छन् । हत्याको कारणको बारेमा अनुसन्धान गर्न सरकारले टोली परिचालन गरेको बताइएको छ ।

एक जानकारी अनुसार उनको हत्या इस्लामिक लडाकुको आशंकामा झुक्किएर सरकारी सुरक्षाकर्मीले गरेको रोयटर्सले जनाएको छ ।
– एजेन्सी