२२ बैशाख, रमोगादिसु – सोमालियाका एक मन्त्रिको गोली प्रहारबाट ज्यान गएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट सोमालियाका सार्वजनिक कार्य र पुननिर्माण मन्त्री अब्बास अब्दुल्लाही शेख सिराजीको बुधबार बेलुका मृत्यु भएको हो ।
त्यहाँको राष्ट्रपति कार्यालयनजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चारमन्त्रीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका छन् । हत्याको कारणको बारेमा अनुसन्धान गर्न सरकारले टोली परिचालन गरेको बताइएको छ ।
एक जानकारी अनुसार उनको हत्या इस्लामिक लडाकुको आशंकामा झुक्किएर सरकारी सुरक्षाकर्मीले गरेको रोयटर्सले जनाएको छ ।
– एजेन्सी