Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

समुद्री क्षेत्रमा हराएका अमेरिकी नौसेनाको शव भेटियो

Sunday, June 18, 2017 National Power

४ असार – अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा हराएका चालक दलका सात सदस्य मृत अवस्थामा भेटिएका छन् ।
अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा शनिबार ठोक्किँदा हराएका उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन् । शव पहिचानका लागि जापानको अस्पताल लगिएको छ । उद्धारकर्मीले आइतबार बिहान शवसँग जहाजको क्षतिग्रस्त भागको टुक्रा पनि फेला पारेका छन् ।योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको थियो ।