Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फेसबुकमा १००० लाइक्सका लागि यस्तो तस्बिर

Wednesday, June 21, 2017 National Power

७, असार – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिले अग्लो भवनमा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट बाहिर झुण्डाएर तस्बिर खिचेका थिए । उनले यो तस्बिर फेसबुकमा लाइक्सका लागि खिचेका थिए । उनले यो तस्बिरको क्याप्सन लेखेका थिए ‘१००० लाइक्स या मैले यसलाई तल खसाल्दिउँ’ लेखेका थिए । उनको यो तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए । यो आरोपपछि प्रहरीले आइतबार ती व्यक्तिलाई पक्राउ गरेको थियो । राजधानी अल्जियर्सको १५ तले अपार्टमेन्टमा जमिनबाट १५० फिटमाथि रहेको झ्यालमा ती व्यक्तिले आफ्नो छोरासँग यस्तो तस्बिर खिचेको अल अरेबिया वेबसाइटले जनाएको छ ।