Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

फेसबुकमा १००० लाइक्सका लागि यस्तो तस्बिर

Wednesday, June 21, 2017 National Power

७, असार – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिले अग्लो भवनमा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट बाहिर झुण्डाएर तस्बिर खिचेका थिए । उनले यो तस्बिर फेसबुकमा लाइक्सका लागि खिचेका थिए । उनले यो तस्बिरको क्याप्सन लेखेका थिए ‘१००० लाइक्स या मैले यसलाई तल खसाल्दिउँ’ लेखेका थिए । उनको यो तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए । यो आरोपपछि प्रहरीले आइतबार ती व्यक्तिलाई पक्राउ गरेको थियो । राजधानी अल्जियर्सको १५ तले अपार्टमेन्टमा जमिनबाट १५० फिटमाथि रहेको झ्यालमा ती व्यक्तिले आफ्नो छोरासँग यस्तो तस्बिर खिचेको अल अरेबिया वेबसाइटले जनाएको छ ।