Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

थाइल्याण्डमा छ सैनिक मारिए, पाँच घाइते

Tuesday, June 20, 2017 National Power

६, असार – दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ ।

थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए ।
छ सैनिकको मृत्यु हुनको साथै अन्य पाँचजना घाइते भएका छन् । थाईयाण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको प्रहरीले बताएका छन ।

गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि यो आक्रमण भएको थियो । विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
– सिन्ह्वा