Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

सडक र सुरक्षा

१६ सचिवको सरुवा यस्तो छ सरुवा सूची

काठमाडौं – कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए । तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं – जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति बने दुर्घटना निम्तिनेछः प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका छन् । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट

पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले आज गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जनलाई पक्राउ गरेको छ । सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई पक्राउ गरिएका चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ ।

पुडासैनी आत्महत्या प्रकरण : भरतपुरमा निषेधित क्षेत्र घोषणा

चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए।उनका अनुसार निषेधित क्षेत्रमा अस्पताल, सरकारी

विवाह समारोहमा आत्मघाती विस्फोट

काठमाडौं – अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कैयन हताहती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन । काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । प्रत्यक्षदर्शीहरुले

चितवन तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं – चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि

पत्रकार पुडासैनीले न्याय पाउनैपर्छ भन्दै चितवनमा प्रदर्शन

चितवन – प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’

रविको पक्राउप्रति पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति

काठमाडौं – पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो । कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं -पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका