Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सुनकोशी बस दुर्घटना अपडेटः १३ जनाको मृत्यु, घाइते २० जनाको उपचार हुँदै

Sunday, November 3, 2019 National Power

सिन्धुपाल्चोक– सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ। दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो।

प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको थियो। दुर्घटनापछि बसमा सवार यात्रुको सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए।