काठमाडौं – चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा
बेइजिङ — कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म एक हजार एक सय ७ पुगेको छ । मंगलबार मात्रै हुबेईमा ९४ जनाको भाइरसका कारण मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो संख्या सोमबारको भन्दा कम हो । सोमबार एकै दिन १०३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या हजार नाघे पनि अघिल्लो
काठमाडौं – गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो । न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले अनलाइनखबरलाई बताए
एजेन्सी – शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् । यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा
बाग्लुङ – बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् । म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरेका छन् । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी
काठमाडौं – भारतसँगको सीमा विवाद चर्कीरहेका बेला नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे छलफल भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीबीच सोमबार बेइजिङमा दुई देशको सीमा व्यवस्थापनबारे छलफल भएको हो । सरकारले गत कात्तिक २९ गते नेपाल चीन अन्तराष्ट्रिय निरीक्षण समिति बनाएको छ
हरेक मानिसको केही न केही अतित हुन्छन् । कसैको अतित राम्रो हुन्छ भने कसैको अतित सम्झनै मन नलाग्ने पनि हुन्छ । राम्रो अतितको बारेमा त प्रायः सबैलाई जानकारी हुन्छ । तर जसको विगत अलिक पीडादायक र नराम्रो हुन्छ । त्यस्तो अतितलाई उनीहरु कसैसँग सेयर गर्न चाहँदैनन् । उनीहरु त्यस्ता अतितलाई बिर्सन चाहन्छन् र कसैले त्यसको
मनाङ -मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो । बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर