Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जना कारबाहीमा

Wednesday, October 23, 2019 National Power

काठमाण्डौ – नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको लागि भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गर्ने उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।

उनीहरुमध्ये ४ जना सैनिक र २३ जना गैर–सैनिक रहेका छन् । नक्कली परिचयपत्र बनाइ किर्ते गरेको अभियोगमा उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ३ जना, आर्थिक लेनदेन गरेको अभियोगमा ५ नम्बर बाहिनी अड्डा कैलालीबाट १ जना, नक्कली परीक्षार्थी ९ जना र नक्कली परीक्षार्थी पठाउने ६ जना पक्राउ परेका छन् ।

यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला र ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने ४ जना र अरु ३ वटा भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको अभियोगमा ४ जना गैर सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । गएको साउन १३ गते सूचना निकालेर नेपाली सेनाले भर्ना छनोट प्रक्रिया सुरु गरेको थियो ।