Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

पुडासैनी आत्महत्या प्रकरण : भरतपुरमा निषेधित क्षेत्र घोषणा

चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए।उनका अनुसार निषेधित क्षेत्रमा अस्पताल, सरकारी

विवाह समारोहमा आत्मघाती विस्फोट

काठमाडौं – अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कैयन हताहती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन । काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । प्रत्यक्षदर्शीहरुले

चितवन तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं – चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि

पत्रकार पुडासैनीले न्याय पाउनैपर्छ भन्दै चितवनमा प्रदर्शन

चितवन – प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’

रविको पक्राउप्रति पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति

काठमाडौं – पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो । कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं -पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका

प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

काठमाडौं – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए । ‘अहिले म भिडकै बीचमा छु । उहाँलाई

रवि लामिछानेसहित ३ जना पक्राउ

काठमाडौं – प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख

ट्रकको ठक्करले पुल भासियो, राजमार्ग अवरुद्ध

नवलपरासी – पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो ।ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र

नेपाली युवतीलाई दिल्लीमा बेचेको अरोपमा दुई जना पक्राउ

काठमाडौं – मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका अजय तामाङ र राजु तामाङ छन् । विशेष सुराकीका आधारमा उनीहरुलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । प्रहरीका अनुसार नुवाकोटका युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनेर उनीहरुले प्रलोभन देखाउने गरेका थिए ।