Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

नेकपा सांसदले सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिए

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय जिम्मेवार

रविको बयान भएन, आज पनि प्रहरी हिरासतमै रहने

काठमाडौं – बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ ।

पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा

चितवन – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै

‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन, म त कानुनमै समस्या देख्छु’: दिपकराज गिरी

काठमाडौं – चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा

हिरासतबाटै रवि लामिछानेले भने (आजदेखि म प्रहरी प्रशासनबाटै असुरक्षित भएको छु

काठमाडौं – शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले प्रहरीले चलाएको कदम आफुहरुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको दाबी गरेका छन् । पाँच दिनदेखि हिरासतमा रहेका लामिछानेले आज पत्नी निकिता पौडेलको फेसबुक अकाएन्टमार्फत स्टाटस् लेख्दै प्रहरीमाथि सो आरोप लगाएका हुन् । लामिछानेले ५ दिनसम्म प्रहरी हिरासतमा रहँदा पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा

रविका वकिलले म्याद थपिएपछि भने:अदालतले ठीक निर्णय गरेन

चितवन – वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीनजनालाई म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन्। उनले हिरासतमा राख्नुपर्ने कारण नभए पनि अदालतबाट म्याद थप गरिएको बताएका छन्। रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी आरोपीको तर्फबाट अनुसन्धानमा समस्या नहुने भए पनि म्याद थप गरिएको बताएका हुन्। अदालतको निर्णयमा असन्तुष्टि जनाएका उनले यसरी

१६ सचिवको सरुवा यस्तो छ सरुवा सूची

काठमाडौं – कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए । तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं – जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति बने दुर्घटना निम्तिनेछः प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका छन् । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट

पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले आज गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जनलाई पक्राउ गरेको छ । सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई पक्राउ गरिएका चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ ।