Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

सडक र सुरक्षा

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

पोखरा – जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् । अख्तियार

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं– नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोले

श्रीमतीले दाउ प्रहार गरेर श्रीमान् मारिन्, प्रत्यक्षदर्शीले यस्तो देखे (भिडियो)

पोखरा महानगरपालिका १६ तल्लो गोष्टेमा बसोबास गर्दै आएका अन्दाजी ५० बर्षिय चतुरे भनिने सुकराम परियारलाई उनकै श्रीमती सिता परियारले दाउले टाउकोमा प्रहार गरी हत्या गरेकी छन् । गत बुधबार साँझ दाउ प्रहारबाट घाईते भएका चतुरेलाई स्थानीयको सहयोगमा मातृशिशु मितेरी अस्पताल लगिएको थियो । अस्पतालमा प्राथमिक उपचार पछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर

बन्धक बनाएर विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पोखरा – घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्। कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको

आमाले गराईन १२ वर्षिया छोरीको बलत्कार

जनकपुरधाम – महोत्तरीमा एक महिलाले छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । १२ बर्षीया छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न दिएको घटना डेढ महिनापछि बाहिर आएको छ । पीडित बालिका भंगहा नगरपालिका ६ की हुन् । उनले प्रहरी समक्ष भनेकी छन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी

गुल्मीमा पहिरो : ६ को मृत्यु, २ जना घाइते

गुल्मी- जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे । पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२

सरकारविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ सडकमा

काठमाडौं -भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाई सरकारले नसुनेको भन्दै शुक्रबार प्रदर्शन

विप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा अर्को ‘दुर्घटना’

काठमाडौं – कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ । बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले बताए । ग्यासको सिलिण्डर

जुम्लामा स्थानीयले वडाध्यक्ष कुटे, प्रहरी लखेटे

जुम्ला -जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो

काभ्रेको देवीटारमा बुहारीद्वारा सासूको हत्या

धुलिखेल – काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो । राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् । टाउको