Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

सडक विस्तारको क्रममा गोदावरीमा एक्स्काभेटर चालकमाथि आक्रमण

काठमाडौं –  सडक विस्तारको काम चल्दै गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिएका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा-समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् । सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै

रूपन्देही, भक्तपुर र मकवानपुरमा सवारी दुर्घटना, ३ को मृत्यु, ७ घाइते

काठमाडौं – रूपन्देही, भक्तपुर र मकवानपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पूर्वपपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा सडकमै रोकिराखेको भे १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

चक्रपथभित्र आज जोर–बिजोर प्रणाली

काठमाडौं- काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो । दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता

भीआईपी बलात्कार आरोपीलाई अस्पतालमै हिरासतको सुविधा

बिराटनगर – सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् । ‘कृष्णदासजी महाराज’ भनेर

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

ठमाडौं – अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी

काठमाडौं – राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का

अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

काठमाडौं – अमेरिका जाने भएपछि पर्वतका सरोज जिसी, निरज रोकाया, रविन रेग्मी र नारायण आचार्यले पोहार सालको दशैंको टीका छाडे । हतारहतार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामका लागि उडे । भियतनामबाट अमेरिकासम्म पुर्‍याउने भारतीय एजेन्टले आश्वसन थियो । तर अमेरिका पुग्न यति गाह्रो होला भन्ने सोचेका थिएनन् । उनीहरुलाई भियतनाममा २० दिन राखियो । त्यसपछि

पैसाका लागि सहकर्मीबाटै छोराको अपहरण

वीरगञ्ज – काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी नै भएको दाबी गरेका हुन् । दुई वर्ष पहिलेसँगै काम गरेका पर्साकै फिरोज नाम गरेका युवकले छोराको अपहरण

ससुराली हिँडेका केदारले गरे बाटैमा श्रीमतीको हत्या

वीरगञ्ज – पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्चायत–१०

आलमलाई जन्मकैदको मागदाबीसहित आज मुद्दा दर्ता हुँदै

रौतहट – कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा