Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

वीरगञ्जमा २९ लाखसहित ६ हुण्डी कारोबारी पक्राउ

Friday, October 25, 2019 National Power

काठमाडौं -वीरगञ्जमा ठूलो रकमसहित हुण्डी कारोबारीहरु पक्राउ परेका छन् । पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । चाडपर्वको मौका छोपी हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका-१४ का २५ वर्षीय मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ । बिहीबार मात्रै सोही ठाउँबाट प्रहरीले २ वटा मोटरसाइकलमा आएका ३ जनालाई १० लाख नगद र ५ थान मोवाइलसहित नियन्त्रणमा लिएको थियो ।

भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका-२ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका-२ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइ र अढाइ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि गत सोमबार वीरगञ्ज-१६ रजतजयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा-१६ घरभइ वीरगञ्ज-१६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवार ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ परेका थिए ।

ना५३प ७१५९ नम्बरको स्कुटीसहित पक्राउ परेका कलवारको साथबाट सुन जस्तो देखिने २ वटा सिक्का र गणेशको एउटा लकेटसँगै बिभिन्न बैंकका चेकबुक, भौचर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।