Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुकुटे बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

Sunday, November 3, 2019 National Power

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ ।