Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चक्रपथभित्र आज जोर–बिजोर प्रणाली

Sunday, December 1, 2019 National Power

काठमाडौं- काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो । दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।

ट्राफिक प्रहरी महाशाखाले साग खेलकुद प्रतियोगिताको उद्घाटनलाई सहज पार्न आज काठमाडौं उपत्यकाको चक्रपथभित्र बिहानैदेखि बिजोर नम्बरका सवारीमात्र सञ्चालनमा आएको जनाएको छ । महाशाखाका अनुसार, रिङ रोड र रिङ बाहिर भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । त्यस्तै सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।

जोर–बिजोर सवारीसाधनको अन्तिम नम्बरको आधारमा छुट्याइएको छ । ठूला सवारीलाई साग भर चक्रपथभित्र निषेध त्यस्तै, ठूला सवारीलाई भने सागभर चक्रपथभित्र सञ्चालनमा रोक लगाइएको छ । ठूला सवारीले ट्राफिक जाम गर्ने भएकाले साग अवधिभर चक्रपथभित्र निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, त्रिपुरेश्वर आसपासका सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ ।