Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

चक्रपथभित्र आज जोर–बिजोर प्रणाली

Sunday, December 1, 2019 National Power

काठमाडौं- काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो । दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।

ट्राफिक प्रहरी महाशाखाले साग खेलकुद प्रतियोगिताको उद्घाटनलाई सहज पार्न आज काठमाडौं उपत्यकाको चक्रपथभित्र बिहानैदेखि बिजोर नम्बरका सवारीमात्र सञ्चालनमा आएको जनाएको छ । महाशाखाका अनुसार, रिङ रोड र रिङ बाहिर भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । त्यस्तै सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।

जोर–बिजोर सवारीसाधनको अन्तिम नम्बरको आधारमा छुट्याइएको छ । ठूला सवारीलाई साग भर चक्रपथभित्र निषेध त्यस्तै, ठूला सवारीलाई भने सागभर चक्रपथभित्र सञ्चालनमा रोक लगाइएको छ । ठूला सवारीले ट्राफिक जाम गर्ने भएकाले साग अवधिभर चक्रपथभित्र निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, त्रिपुरेश्वर आसपासका सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ ।