Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रूपन्देही, भक्तपुर र मकवानपुरमा सवारी दुर्घटना, ३ को मृत्यु, ७ घाइते

Monday, December 2, 2019 National Power

काठमाडौं – रूपन्देही, भक्तपुर र मकवानपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पूर्वपपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा सडकमै रोकिराखेको भे १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना–६ बस्ने २९ वषीय नवीन कँडेल र सोही ठाउँ बस्ने वर्ष ३१ का दीपक पन्थ रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटना आइतबार राति करिब १० बजे भएको हो । यसैगरी, भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि।क।को मृत्यु भएको हो ।

उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । विकलाई ठक्कर दिएर भागेको ट्रिपर र त्यसका चालक सिद्धिमान तामाङलाई प्रहरीले सोमबार बिहान महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । यसैगरी हेटौंडा–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको देउरालीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकोे ना १ ज २८९९ करिब ४५ मिटर तल खसेको थियो । घाइते सबैलाई दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।