Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

Wednesday, November 13, 2019 National Power

काठमाडौं – अमेरिका जाने भएपछि पर्वतका सरोज जिसी, निरज रोकाया, रविन रेग्मी र नारायण आचार्यले पोहार सालको दशैंको टीका छाडे । हतारहतार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामका लागि उडे । भियतनामबाट अमेरिकासम्म पुर्‍याउने भारतीय एजेन्टले आश्वसन थियो । तर अमेरिका पुग्न यति गाह्रो होला भन्ने सोचेका थिएनन् ।

उनीहरुलाई भियतनाममा २० दिन राखियो । त्यसपछि अमेरिका होइन, इथियोपिया जानुपर्ने बताइयो । सुरुमा छिट्टै अमेरिका लैजाने बताइँदै थियो । तर, एक दिन, दुई दिन हुँदै हप्ता र महिना वित्यो । उनीहरुलाई एकैठाउँबाट चलमल गर्न दिइएन । बरु उनीहरुको व्यवहार परिवर्तन हुँदै गएको थियो । ‘महिनै पिच्छे हामीलाई थप रकम माग्न थालिएको थियो’, पीडितले प्रहरीसँगको बयानमा भनेका छन्, ‘होला भनियो, मागे जति दिँदै गयौं ।’ चार महिनापछि उनीहरुलाई विमानस्थलमा लगियो । अब चाहिँ अमेरिका पुगिने भइयो भन्ने सोचमा थिए । माडागास्कार लगेर २५ दिन राखियो ।

त्यतिवेलै उनीहरुको मनमा चिसो पसिसकेको थियो । तर पछि हट्न सक्ने अवस्था पनि थिएन । ‘धेरै खर्च भइसकेकाले जसरी पनि पुग्ने भन्ने थियो, त्यतिवेला’, उद्दार गरिएका एक युवाले भने । जब माडागास्कारबाट फेरि जोर्डनसम्म उनीहरुले पुर्‍याए, तब केही युवाले नेपाल फर्काइदिन अपिल गरे । तर जवाफमा गाली मात्र दिइयो ।

हरेक पटक मानव तस्करीको गिरोहमा संलग्न व्यक्तिले उनीहरुलाई अब अमेरिका छिराउने भन्थे । खाने, बस्ने र सवारीका लागि रकम पनि माग्थे । तर, उनीहरुको आश्वसन सधैं झुठो साबित हुन्थ्यो । जोर्डनबाट दुबई लगेर ४५ दिन राखियो । दुबईबाट अजरबैजानमा पुर्‍याइयो । यतिञ्जेलमा अमेरिका जाने सपना देखेका युवाहरुको अगाडि अन्धकारमय भविश्य मात्र थियो । उनीहरुले अमेरिका सपना त्यागिसकेका थिए । उनीहरुले सकुशल फर्किन पाए हुन्थ्यो भन्न थालिसकेका थिए ।

सूचना प्राप्त भएको २४ घन्टा नवित्नै मलावी प्रहरीले ब्लान्टायर शहरको गाउँमा रहेको मानव तस्करी समूहका नाइके अहमदको घरमा घेरा हाल्यो । र, ६ जना नेपाली युवाको उद्दार गर्यो
तर उनीहरुलाई अफ्रिकी मुलुक मलावीमा पुर्‍याइए र बन्धक पारिए । जहाँ हरेक दिन आउने नौला मानिसले पैसा माग्थे । मलावीमा उनीहरुले मानसिक मात्र होइन, शारीरिक यातना पनि पाए । ‘अमेरिका जाने भए ७ लाख भारु । घर फर्किने भए ३ लाख’, उनीहरुलाई रेट सुनाइएको थियो ।

मलावीमा ह्वाट्स एपबाट घरमा धम्कीपूर्ण म्यासेज पठाइन्थ्यो, जसमा तुरुन्त पैसा पठाउन भनिन्थ्यो । नदिए किड्नी निकाल्नेदेखि ज्यानै लिनेसम्म बताइन्थ्यो । भारतीय मुलका मलावी नागरिक नाजिर अहमदको घरमै रहेका उनलाई कुटपिट गरिएको भिडियो समेत घरमा पठाइएको थियो ।

त्यसअघि पैसा दिँदादिँदै ठूलो रकम सकिइसकेको थियो । उनीहरुले खर्च गरिएको रकम खुलेर बताउन चाहँदैनन् । प्रहरीसँग उनीहरुले भनेका छन्, ‘धन्न बाँचेर आइयो, कति पैसा फस्यो भनेर नसोध्नू ।’ ‘अन्तिम अवस्थामा पुगेपछि मात्रै २० कात्तिकमा प्रहरी गुहार्दै परिवार आइपुग्यो’, मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी)का एक अनुसन्धान अधिकृत भन्छन्, ‘लगत्तै हामीले अनुसन्धान थालेका थियौं ।’

संयोगवस ब्युरोका डीएसपी नरहरी रेग्मी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका वेला परिचित एक मलावी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गरे । उनले जोडिदिएको मलावीको अपराध अनुसन्धान विभाग (सीआईडी) को डेपुटी डाइरेक्टरको सम्पर्क सुत्र नेपाली युवालाई उद्दार गर्ने माध्यम बन्यो ।

सूचना प्राप्त भएको २४ घन्टा नवित्नै मलावी प्रहरीले ब्लान्टायर शहरको गाउँमा रहेको मानव तस्करी समूहका नाइके अहमदको घरमा घेरा हाल्यो । र, ६ जना नेपाली युवाको उद्दार भएको एचटीबीका प्रवक्ता एसपी गोविन्द थपलिया बताउँछन् । उद्दार गरेपछि दुई दिन अदालतमा उनीहरुले बयान दिए । त्यसपछि फर्काइएका चार जना १८ घन्टा लामो हवाई यात्रा गरेर सोमबार काठमाडौं आइपुगेका छन् । दुई जना भने कानूनी प्रक्रिया ढिलो सकिएकाले केही दिनपछि मात्र आइपुग्ने ब्युरोका अधिकृतहरुले बताएका छन् ।

राससबाट साभार