Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पैसाका लागि सहकर्मीबाटै छोराको अपहरण

Wednesday, November 6, 2019 National Power

वीरगञ्ज – काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी नै भएको दाबी गरेका हुन् ।

दुई वर्ष पहिलेसँगै काम गरेका पर्साकै फिरोज नाम गरेका युवकले छोराको अपहरण गरेको अम्जदले बताएका हुन् । झण्डै २० वर्षदेखि काठमाडौंमा राज मिस्त्रीको काम गर्दै आएका अम्जदले फिरोजलाई आफूले नै काम गर्न सिकाएको दाबी गरेका छन् । तर प्रहरीले यो समाचार तयार पार्दासम्म फिरोजलाई पक्राउ गरेको छैन । अम्जद र पक्राउ परेका अपहरणकारीको बयान लिन बाँकी रहेकोले यो कुरा पुष्टि भई नसकेको प्रहरी स्रोतले बताएको छ ।

बालक अपहरणमा संलग्न मध्ये एक पोखरिया नगरपालिका वडा नं ६ बस्ने जोख्खु दासको छोरा २० बर्षीय राजकुमार दासलाई प्रहरीले बिहान गोली हानेर नियन्त्रणमा लिएको थियो । फिरौती लिन आएको समयमा वीरगञ्ज–२५ सिर्सिया खाल्वाटोलामै प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको हो ।