Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भीआईपी बलात्कार आरोपीलाई अस्पतालमै हिरासतको सुविधा

Saturday, November 30, 2019 National Power

बिराटनगर – सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् । ‘कृष्णदासजी महाराज’ भनेर चिनिने बाबाजीको पहुँच प्रहरीका माथिल्ला अधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, नेता अनि शीतलनिवाससम्मै देखिएको छ विगतदेखि नै ।

राष्ट्रपति र सिंगै प्रदेश सरकारलाई चतरामा बोलाउन र नक्शा पास नगरेको भवन राष्ट्रपतिबाट उदघाटन गराउन सक्ने ल्याकत भएका बाबाजीविरुद्ध बलात्कारको अभियोग दर्ता भएपछि यसबारे स्थलगत रुपमा बुझ्न हामी शुक्रबार चतरास्थित सिद्धबाबाको १२८ कोठे नवनिर्मित आश्रममा पुग्यौं ।

बाबाजीको यो आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन । मुख्यमन्त्री शेरधन राईले नै ‘म कृष्णदासजी महाराजबाट प्रभावित भएँ’ भनिसकेपछि उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।’
शुक्रबार चतरा पुगेर हामीले सिद्धबाबाको विषयमा उनका सहयोगीहरुसँग केही कुरा सोधखोज गर्‍यौं । आश्रममा साधक र साधिकाहरु भेटिए । जवान महिलाहरुको उपस्थिति पनि बाक्लै देखिन्थ्यो । तर, त्यहाँ कृष्णदासजी महाराज अर्थात् सिद्धबाबा थिएनन्, उनी बिराटनगर पुगिसकेका थिए ।