Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जीवनसाथीसँग अतितका कुरा लुकाउने गर्नुभएको त छैन ?

Saturday, January 4, 2020 National Power

हरेक मानिसको केही न केही अतित हुन्छन् । कसैको अतित राम्रो हुन्छ भने कसैको अतित सम्झनै मन नलाग्ने पनि हुन्छ । राम्रो अतितको बारेमा त प्रायः सबैलाई जानकारी हुन्छ । तर जसको विगत अलिक पीडादायक र नराम्रो हुन्छ । त्यस्तो अतितलाई उनीहरु कसैसँग सेयर गर्न चाहँदैनन् । उनीहरु त्यस्ता अतितलाई बिर्सन चाहन्छन् र कसैले त्यसको बारेमा कुरा नगरोस् भन्ने चाहना उनीहरुको हुन्छ । त्यस्तो अवस्थामा यदि तपाईंको कसैसँग सम्बन्ध गाँसिदैछ र तपाईंको अतितले नयाँ सम्बन्धमा पनि असर पुर्‍याउँछ भने त झन् त्यस्ता अतितलाई सकेसम्म लुकाउन नै खोजिन्छ ।

तर, आफ्नो बितेको घटनाहरु सबै लुकाउनु मात्रै समस्याको समाधान होइन । यदि तपाईंको सम्बन्ध भइसकेपछि तपाईंको अतितको बारेमा तपाईंको साथीलाई थाहा भयो भने झन् नराम्रो र तपाईंप्रतिको विश्वास पनि गुम्न सक्छ । कहिलेकाहीँ कुनै अतित जति गर्दा पनि लुक्न सक्दैन । त्यसैले लुकाउन नसकिने र सम्बन्धमा असर पुर्‍याउने किसिमको अतितलाई साथीसँग सेयर गर्नु राम्रो हुन्छ । कुनै-कुनै अतितलाई लुकाउनु भन्दा सबै सेयर गर्नु बुद्धिमानी हुन्छ । आफ्नो बिगतको बारेमा सबै कुरा सेयर गर्नाले दुबैमा एक(अर्का प्रतिको विश्वास र प्रेम बढ्छ ।

रोमान्टिक स्टोरी भन्नुपर्छ

तपाईंले आफ्नो जीवनसाथीलाई आफ्नो इतिहासको रोमान्टिक घटनाको बारेमा भन्नु आवश्यक हुन्छ । त्यसो गर्नाले तपाईंहरुबीच विश्वास बढ्छ । तर, यदि तपाईंले आफ्नो अतितका रोमान्टिक घटना आफ्नो जीवनसाथीलाई बताउँदा उसको मुड र समयलाई ध्यान दिनु आवश्यक हुन्छ । यदि सही समयमा आफ्नो अतितका कुरा भन्नुभयो भने उसले त्यसलाई सकारात्मक रुपमा लिन सक्छ र यदि समय सही भएन भने यसले तपाईंहरुबीच मनमुटाव पनि उत्पन्न हुनसक्छ ।

तपाईं र तपाईंको अतितको सम्बन्ध

प्रायः मानिसहरु ब्रेकअपपछि पनि आफ्नो अतितका साथीसँग सम्बन्ध कायम नै राख्छन् । यदि तपाईंको जीवनमा पनि त्यस्तो सम्बन्ध छ भने उसलाई आफ्नो जीवनसाथीसँग परिचित गराउनु आवश्यक छ । त्यसो गर्नाले तपाईंको जीवनसाथीलाई तपाईंप्रति कुनै शंका-उपशंका रहँदैन ।

आफ्नो मानसिक समस्याहरुका बारेमा पनि बताउनुपर्छ

यदि तपाईंलाई पहिला कुनै मानसिक समस्या थियो भने त्यसको बारेमा तपाईंले आफ्नो जीवनसाथीलाई बताउनु आवश्यक छ । आफ्नो बिगतमा भएका स्वास्थ समस्याहरु आफ्नो जीवनसाथीलाई बताउनु अति नै आवश्यक छ । यस्ता कुराहरु लुकाएर राख्नाले पछि सम्बन्धमा नै नराम्रो असर पुग्न सक्छ ।

आर्थिक स्थितिको बारेमा पनि बताउनुपर्छ

यदि तपाईंको अतितमा कुनै कर्जा अथवा लोन लिनु भएको थियो भने त्यसको बारेमा आफ्नो जीवनसाथीलाई बताउनु आवश्यक छ । यदि तपाईंले आफ्नो अतितमा लिएको लोन र कर्जाको बारेमा जीवनसाथीलाई बताउनुभयो भने उसले पनि तपाईंलाई त्यो समस्याबाट बाहिर निकाल्नका लागि तपाईंलाई सहयोग गर्नसक्छ । यसका साथै तपाइर्ंहरु दुबै मानसिक रुपले पनि एक(अर्काको धेरै नजिक आउनुहुन्छ । दुबैमा एकअर्कामा सहयोगको भावना पनि बृद्धि हुन्छ । जुन एउटा सफल सम्बन्धका लागि अति नै आवश्यक हुन्छ ।