Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोरोना प्रकोप : मंगलबार ९४ जनाको मृत्यु  निको हुनेको संख्या बढ्यो

Wednesday, February 12, 2020 National Power

बेइजिङ — कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म एक हजार एक सय ७ पुगेको छ । मंगलबार मात्रै हुबेईमा ९४ जनाको भाइरसका कारण मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

यो संख्या सोमबारको भन्दा कम हो । सोमबार एकै दिन १०३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या हजार नाघे पनि अघिल्लो दिनको तुलनामा संक्रमणको दरमा २० प्रतिशतले कमी आएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । स्वास्थ्य आयोगका अनुसार मंगलबार थप एक हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ । सोमबार भने २ हजार ८७ जनामा संक्रमण पाइएको थियो ।

चीनबाहिर हालसम्म दुई दर्जनभन्दा बढी देशमा कुल ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । चीनसहित विश्‍वका विभिन्न देशमा गरी कोरोना संक्रमितको संख्या ४५ हजार भन्दा बढी पुगेको छ । यसैबीच, कोरोना संक्रमण रोक्ने औषधि, खोप वा परीक्षणलाई तीव्रता दिन सहयोग चीनलाई सहयोग पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले विज्ञ सम्मिलित बैठक गरेको छ । संगठनको मंगलबार बसेको बैठकले भाइरसका कारण हुने बिरामीलाई ‘कोभिड–२०१९’ नामकरणसमेत गरेको छ ।

निको हुने दर बढ्यो

कोरोना भाइरस संक्रमण भएका व्यक्तिको निको हुने दर बढेको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले सोमबार बताएको छ । जनवरी २७ मा १:३ प्रतिशत संक्रमित निको भएकोमा त्यो बढेर ८:२ प्रतिशत पुगेको उसको भनाइ छ । ‘हुबेई र वुहानको मात्रै यस्तो दर हेर्ने हो भने क्रमशः ६:१ र ६:२ प्रतिशत छ ।

यसअघि जनवरी १७ मा ती सहरमा संक्रमित ठीक हुने दर १:७ र २:६ प्रतिशत थियो,’ एचएचसीका अधिकारी मी फेङले बेइजिङमा सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । मंगलबारसम्ममा देशैभर ४ हजार ६८७ जना बिरामी पूर्णरूपमा निको भएर घर गएको एनएचसीको भनाइ छ ।