काठमाडौं – युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १
रोम — विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् । कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप
नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले महामारीको संज्ञा दिएको कोरोना भाइरस’ (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ । मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो । उक्त व्यवस्था लागू भएपछि केन्द्रीय
काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् । बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’
एजेन्सी – नोबल कोरोनाभाइरस प्रकोपबाट सबैभन्दा प्रभावित ऊहानले सहरका सबै १६ अस्थायी अस्पताल बन्द गरेको छ । सोमबार दिनभर ऊहानमा १७ नयाँ विरामी मात्र भेटिएका थिए । जबकि एक महिना अघि फेब्रुअरी ९ मा सो सहरमा एक दिनमा १९२१ विरामी भेटिएका थिए । केन्द्रीय चीनको हुबेइ प्रान्तमा रहेको ऊहान सहरमा निर्माण भएका अधिकांश अस्थायी अस्पताल
काठमाडौँ — सरकारले करिब चार महिनालाई पुग्ने दैनिक उपभोग्य वस्तु र औषधि मौज्दात रहेको जनाएको छ । उद्योगी–व्यवसायीले पनि ग्यास, घिउ, तेल, चामल, पेट्रोललगायत सामान पर्याप्त रहेको बताएका छन् । उनीहरूले कालोबजारी रोक्न भने सरकारले अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बजारमा दैनिक उपभोग्य वस्तु र औषधिको स्थितिबारे नेपाल
काठमाडौं – बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो
काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा विष्फोट गराइएको प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूह संलग्न रहेको देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित समूह घटनामा संलग्न रहेको देखिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका छौं ।’
काठमाडौं – फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर
काठमाडौं- कोरोनाभाइरस (कोभिड-१९० को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ। कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो।