Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

Friday, February 7, 2020 National Power

बाग्लुङ –  बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् ।

म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

घुम्तीमा मोड नपुगेर ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । चालकलाई बुर्तिवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । गत मंसिरमा बाग्लुङको भीमगिठेमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।