Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

Friday, February 7, 2020 National Power

बाग्लुङ –  बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् ।

म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

घुम्तीमा मोड नपुगेर ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । चालकलाई बुर्तिवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । गत मंसिरमा बाग्लुङको भीमगिठेमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।