बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस -कोभिड- १९को संक्रमण भएको बताएकी छन् । उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह गरेकी छन्। १० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी बेबी डलु गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले
काठमाडौं – कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’ उनले
रोम — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय
काठमाडौं – महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २
रोम — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८
काठमाडौं – कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले समग्र युरोपभर फैलिएको छ । चीनबाट फैलिएको यो भाइरसको कारण अहिले युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिइरहेको छ । साथै नयाँ मृत्यु हुनेमा पनि युरोप अगाडि छ । मंगलबार विश्वभर कोभिड–१९ का १५ हजाभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यसमध्ये करिब ११ हजार नयाँ संक्रमण
काठमाडौं – युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । प्राणघातक कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् । सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले गैरईयू नागरिकहरूलाई
म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट सोमबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै
काठमाडौं – कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ । तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ । ४र५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।