विश्वका सुन्दरी महिला सूचीको दोस्री स्थानमा बलिउड नायिका प्रियंका चोपडा परेकी छन् । हलिउड नायिका एमा वाटसन, एम्मा स्टोन, एन्जेलिना जोलीलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी छन् । बजनेट वेवसाइटले गरेको सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छन् भने, प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी
२१ चैत, काठमाडाैँ – नेपाल देश खारेज गर भन्दै नारा लगाएकी नयाँ शक्ति नेपालकी नेतृ हिसिला यामीले अाज माफी मागेकी छिन् । काठमाडाैँमा अाज पत्रकार सम्मेलनकाे अायाेजना गरी नेतृ यामीले बेहाेसी र अर्धचेत अवस्थामा निर्वाचन एेन खारेज गर भन्न खाेजेकाे तर भुलवश अन्यथा भएकाे भन्दै माफी मागेकी हुन् । आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना
१ चैत, काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । गृहमन्त्रालयको सो प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न
सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डाँै विमोचन गरिएको छ । आज काठमाडाँैमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले उक्त पुस्तक संगै त्यसै घटनामा आधारित रहेर तयार पारिएको ४८ मिनेट लामो लघुचलचित्रको पनि प्रथम प्रदर्शनी गरिएको छ । पत्रकार तथा चलचित्रकर्मी माधव राज खरेलद्वारा लिखित तथा पत्रकार नवराज
महाधिवेशन शुरू हुनुभन्दा दुइ दिन अघि डा. प्रकाशचन्द्र लाेहनी पनि अध्यक्षकाे दाैडबाट बाहिरिए पछि राप्रपाकाे अागामी नेतृत्वका लागि कमल थापा एक्लै दावेदार देखिएका छन् । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए । तर पछिल्लाे समय राप्रपाकाे नेतृत्वका लागि कमल थापा हावी भएपछि पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षकाे
हेर्नुस भिडियाे रिर्पाेटमा युद्धकालमा के भएकाे थियाे रामेछापमा ? निर्दाेष किसानहरू कसरी विभत्स तरिकाले मारिएका थिए । (नाेटः याे कसैकाे पनि पक्ष वा विपक्षमा प्रस्तुत गरिएकाे हाेइन, द्धन्दकालमा अनाहाक पिडित भएकाहरूले न्याय पाउन भन्ने हेतुले प्रस्तुत गरिएकाे हाे । यस दुवै पक्षबाट भएका हिंसाका ज्यादतीका घटनाहरू क्रमैसंग प्रस्तुत गर्दै जाने छाैँ)
(टिप्पणी) काठमाडाैँ – सामाजिक संजालमा कान्तिपुर दैनिकमा सुरक्षा सम्बन्धि विट हेरीसकेकी एक जना पत्रकारले हाल तेश्राे बरियातामा रहेर पनि अाइजी बन्ने प्रबल संभावना रहेका जय बहादुर चन्दकाे बारेमा एक टिप्पणी गरेकी थिइन् । चन्द काठमाडाैँ महानगरिय प्रहरी परिसरकाे प्रमुख भएर अाएकाे भाेलिपल्ट पत्रकारहरूलाइ बाेलाइ घुसकाे अफर गरेकाे कुरा उल्लेख गरेकी छिन् । याे कति सम्म
वार्ताका लागि भन्दै १५ दिन संसद स्थगित गरेका राजनीतिक दलहरूले अझै सम्म संवाद थाल्न सकेका छैनन् । पछिल्लाे समय रिबन काट्न भ्याइ नभ्याइ भएका राजनीतिक पार्टीका शिर्ष नेताहरूले एक अापसमा छलफल गर्ने समय भने पाएका छैनन् । स्थानीय निकायकाे चुनाव पहिला वा संविधान संसाेधन भन्ने विषयमा अहिले पनि दलहरूवीच मतक्यै हुन सकेकाे छैन । प्रमुख
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ । इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना
१६ माघ, महोत्तरी । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना