Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हिसिला भन्छिन्, “मैले गल्ती गरेँ माफी पाउँ”

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडाैँ –  नेपाल देश खारेज गर भन्दै नारा लगाएकी नयाँ शक्ति नेपालकी नेतृ हिसिला यामीले अाज माफी मागेकी छिन्  । काठमाडाैँमा अाज पत्रकार सम्मेलनकाे अायाेजना गरी नेतृ यामीले बेहाेसी र अर्धचेत अवस्थामा निर्वाचन एेन खारेज गर भन्न खाेजेकाे तर भुलवश अन्यथा भएकाे भन्दै माफी मागेकी हुन् ।

आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।

झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराई लगायत सम्हालेको उनले सुनाइन् ।

लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’

नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन्, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’

यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’

साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण समेत रहने समेत नेतृ यमीले बताएकी छन् ।