Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

समय वार्ताकाे, काम रिबन काट्ने !

Wednesday, February 8, 2017 National Power

वार्ताका लागि भन्दै १५ दिन संसद स्थगित गरेका राजनीतिक दलहरूले अझै सम्म संवाद थाल्न सकेका छैनन् । पछिल्लाे समय रिबन काट्न भ्याइ नभ्याइ भएका राजनीतिक पार्टीका शिर्ष नेताहरूले एक अापसमा छलफल गर्ने समय भने पाएका छैनन् ।

स्थानीय निकायकाे चुनाव पहिला वा संविधान संसाेधन भन्ने विषयमा अहिले पनि दलहरूवीच मतक्यै हुन सकेकाे छैन । प्रमुख प्रतिपक्ष नेकपा एमाले लगाएत केही साना दल तथा सत्ता पक्षा नेपाली काँग्रेसकै पाैडेल खेमा पहिला स्थानीय निकायकाे चुनाव भनिरहेका बेला माअाेवादी केन्द्र, मधेश केन्द्रित दल तथा नेपाली काँग्रेसका सभापितकाे खेमा भने संविधान संसाेधन पहिला गरेर स्थानीय निकायकाे निर्वाचन गर्नु पर्ने बताउँदै अाएका छन् । यसै विषयमा कुनै टुङगाे नलागेकाे अवस्था राजनीतिक दलहरूले वार्तालाइ तिव्रता दिने भन्दै १५ दिनकाे लागि संसद स्थगीत गरेका थिए ।

तर संसद स्थगन गरेपछि वार्तालाइ तिव्रता दिनुकाे सट्टा नेताहरू अाफ्नाे पार्टीकाे र व्यक्तिगत काममा लागेका छन् । प्रधानमन्त्री भएलगतै रिबन काट्ने काममा नजाने बताएका प्रचण्ड वार्ताका लागि छुट्याएकाे समयमा अाज रिबन काट्न चितवन पुगे । त्यसै गरी काँग्रेस सभापित शेर बहादुर देउवा अाज दिनभर पार्टीकाे काममा व्यस्त भए ।

एमाले अध्यक्ष केपी अाेली अाज दिनभर अाफ्नै निवासमा कार्यकतार्संग भेटघाटमा व्यस्त भए भने, मधेश केन्द्रित दलका नेताहरू पनि पार्टी काम भन्दै राजधानी बाहिरै डुलिरहेका छन् ।

यसरी बारम्बर समयकाे महत्व नबुझ्ने हाम्रा राजनीतिक दलहरूले समयमा नै समस्यकाे समाधान गर्नेमा शंका छ । जेठ भित्र स्थानीय निकायकाे चुनाव गर्ने भने पनि सरकारले अहिलेसम्म कानुन दिन सकेकाे छैन । तर दलहरू भने अझै सम्म परिस्थितिकाे अांकलन गर्ने, वार्ता संवाद गर्ने भन्दा पनि त्यसैका लागि छुट्याएकाे समयमा पनि पार्टी र घरायसी काममा हिड्ने नेताहरूले देशलाइ कहिले निकास देलान् ?