Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

समय वार्ताकाे, काम रिबन काट्ने !

Wednesday, February 8, 2017 National Power

वार्ताका लागि भन्दै १५ दिन संसद स्थगित गरेका राजनीतिक दलहरूले अझै सम्म संवाद थाल्न सकेका छैनन् । पछिल्लाे समय रिबन काट्न भ्याइ नभ्याइ भएका राजनीतिक पार्टीका शिर्ष नेताहरूले एक अापसमा छलफल गर्ने समय भने पाएका छैनन् ।

स्थानीय निकायकाे चुनाव पहिला वा संविधान संसाेधन भन्ने विषयमा अहिले पनि दलहरूवीच मतक्यै हुन सकेकाे छैन । प्रमुख प्रतिपक्ष नेकपा एमाले लगाएत केही साना दल तथा सत्ता पक्षा नेपाली काँग्रेसकै पाैडेल खेमा पहिला स्थानीय निकायकाे चुनाव भनिरहेका बेला माअाेवादी केन्द्र, मधेश केन्द्रित दल तथा नेपाली काँग्रेसका सभापितकाे खेमा भने संविधान संसाेधन पहिला गरेर स्थानीय निकायकाे निर्वाचन गर्नु पर्ने बताउँदै अाएका छन् । यसै विषयमा कुनै टुङगाे नलागेकाे अवस्था राजनीतिक दलहरूले वार्तालाइ तिव्रता दिने भन्दै १५ दिनकाे लागि संसद स्थगीत गरेका थिए ।

तर संसद स्थगन गरेपछि वार्तालाइ तिव्रता दिनुकाे सट्टा नेताहरू अाफ्नाे पार्टीकाे र व्यक्तिगत काममा लागेका छन् । प्रधानमन्त्री भएलगतै रिबन काट्ने काममा नजाने बताएका प्रचण्ड वार्ताका लागि छुट्याएकाे समयमा अाज रिबन काट्न चितवन पुगे । त्यसै गरी काँग्रेस सभापित शेर बहादुर देउवा अाज दिनभर पार्टीकाे काममा व्यस्त भए ।

एमाले अध्यक्ष केपी अाेली अाज दिनभर अाफ्नै निवासमा कार्यकतार्संग भेटघाटमा व्यस्त भए भने, मधेश केन्द्रित दलका नेताहरू पनि पार्टी काम भन्दै राजधानी बाहिरै डुलिरहेका छन् ।

यसरी बारम्बर समयकाे महत्व नबुझ्ने हाम्रा राजनीतिक दलहरूले समयमा नै समस्यकाे समाधान गर्नेमा शंका छ । जेठ भित्र स्थानीय निकायकाे चुनाव गर्ने भने पनि सरकारले अहिलेसम्म कानुन दिन सकेकाे छैन । तर दलहरू भने अझै सम्म परिस्थितिकाे अांकलन गर्ने, वार्ता संवाद गर्ने भन्दा पनि त्यसैका लागि छुट्याएकाे समयमा पनि पार्टी र घरायसी काममा हिड्ने नेताहरूले देशलाइ कहिले निकास देलान् ?