Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राप्रपामा कमल थापा निर्विराेध अध्यक्ष

Wednesday, February 15, 2017 National Power

महाधिवेशन शुरू हुनुभन्दा दुइ दिन अघि डा. प्रकाशचन्द्र लाेहनी पनि अध्यक्षकाे दाैडबाट बाहिरिए पछि राप्रपाकाे अागामी नेतृत्वका लागि कमल थापा एक्लै दावेदार देखिएका छन् । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।

तर पछिल्लाे समय राप्रपाकाे नेतृत्वका लागि कमल थापा हावी भएपछि पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षकाे दाैडबाट अाफुलाइ पछि हटाएका छन् । यसबाट दुइ दिनमा कुनै ठूलाे उथलपुथल नभए राप्रपाकाे अध्यक्षमा कमल थापा निर्विराेध हुने पक्का जस्तै भएकाे छ ।

दाेश्राे तहका नेताहरू थापालाइ अध्यक्ष बनाउन लागि परेका थिए, जस्काे फलस्वरूप अघि साँझ जारी भएकाे प्रेस नाेटमा कमला थापालाइ अध्यक्ष बनाउने सहमति भएकाे उल्लेख गरिएकाे छ । हस्त लिखित उक्त प्रेस नाेटमा कमल थापा, पशुपति शम्शेर जबरा, डा. लाेहनी र लाेकेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

(प्रेस नाेट)