महाधिवेशन शुरू हुनुभन्दा दुइ दिन अघि डा. प्रकाशचन्द्र लाेहनी पनि अध्यक्षकाे दाैडबाट बाहिरिए पछि राप्रपाकाे अागामी नेतृत्वका लागि कमल थापा एक्लै दावेदार देखिएका छन् । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।
तर पछिल्लाे समय राप्रपाकाे नेतृत्वका लागि कमल थापा हावी भएपछि पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षकाे दाैडबाट अाफुलाइ पछि हटाएका छन् । यसबाट दुइ दिनमा कुनै ठूलाे उथलपुथल नभए राप्रपाकाे अध्यक्षमा कमल थापा निर्विराेध हुने पक्का जस्तै भएकाे छ ।
दाेश्राे तहका नेताहरू थापालाइ अध्यक्ष बनाउन लागि परेका थिए, जस्काे फलस्वरूप अघि साँझ जारी भएकाे प्रेस नाेटमा कमला थापालाइ अध्यक्ष बनाउने सहमति भएकाे उल्लेख गरिएकाे छ । हस्त लिखित उक्त प्रेस नाेटमा कमल थापा, पशुपति शम्शेर जबरा, डा. लाेहनी र लाेकेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
(प्रेस नाेट)