(टिप्पणी)
काठमाडाैँ – सामाजिक संजालमा कान्तिपुर दैनिकमा सुरक्षा सम्बन्धि विट हेरीसकेकी एक जना पत्रकारले हाल तेश्राे बरियातामा रहेर पनि अाइजी बन्ने प्रबल संभावना रहेका जय बहादुर चन्दकाे बारेमा एक टिप्पणी गरेकी थिइन् । चन्द काठमाडाैँ महानगरिय प्रहरी परिसरकाे प्रमुख भएर अाएकाे भाेलिपल्ट पत्रकारहरूलाइ बाेलाइ घुसकाे अफर गरेकाे कुरा उल्लेख गरेकी छिन् । याे कति सम्म सत्य हाे त्याे उनलाइ नै थाहा हाेला । तर याे चाँही सत्य हाे की पछिल्लाे समय अाइजी बन्ने दाैडमा उनले सुदुरपश्चिमकाे नाम विकाएर पहिलाे बरियातका नवराज सिलवाललाइ पछार्ने दाउमा लागेका छन् ।
जय बहादुर चन्द प्रहरीकाे अाइजी पदका लागि अयाेग्य पात्र हाेइनन् । त्यसाे त पहिलाे बरियातका नवराज सिलवाल र दाेश्राे वरियाताका प्रकाश अर्याल झन् अहिले सम्म विवादमा नमुछिएकाे र अाफ्नाे जिम्मेवारीहरू पनि सफलतापुर्वक निर्वाह गर्दै अाएका पात्रहरू हुन् । जसरी काठमाडाैँमा अाएपछि डन काण्ड र पत्रकारलाइ घुसकाे अफर गरेकाे कुराले केही हदसम्म भए पनि चन्द विवादमा तानिएका छन्, त्यस्ताे विवादमा अाउने गरी सिलवाल र अर्यालकाे कुराहरू बाहिर अाएका छैनन् ।
एक प्रहरी अधिकारीले जनाए अनुसार प्रहरी संगठन भित्र पनि सिलवाल लाेकप्रिय पात्र हुन । बरियातामा पहिलाे र अहिले सम्म विवादमा नमुछिदा पनि राजनीतिक दाउपेचका अाधारमा संगठनकाे नेतृत्व लिन नपाएकाे खण्डमा प्रहरी संगठन भित्र त्यसले नकारात्मक असर पार्ने ती अधिकारीले बताए । राम्राे काम गर्नेले काम अनुसारकाे सम्मान नपाएकाे खण्डमा भावी दिनहरूमा पनि प्रहरी अधिकारीहरू इमान्दार भएर काम गर्नुकाे सट्टा राजनीतिक दलका नेताहरूकाे दैलाे दैलाे चाहार्ने काम बढी हुने उनकाे तर्क थियाे ।
जय बहादुर चन्द अाँफैमा अाइजीकाे लागि याेग्य हुँदा हुँदै पनि पछिल्लाे समय उनले देखाएकाे हर्कत, दिल्ली दाैड, प्रहरी भन्दा बढी काँग्रेसी देखिएकाे हुनाले भविष्यमा अाइजी भएकै खण्डमा पनि उनले गर्ने काम र निर्णयहरू विवादरहित नहुने पक्का छ । यसले स्वंम चन्दलाइ मात्र नभएर सिंगाे प्रहरी संगठनलाइ घाटा हुनेछ ।
अाइजीकै लागि दावेदारी प्रस्तुत गरिरहँदा चन्दले अाफ्नाे जिम्मेवारीलाइ मैदानमा देखाउन सकेकाे भए यति धेरै अालाेचना खेप्नु पर्दैनथ्याे हाेला । उनी इन्टरपाेलकाे भेला छाेडेर दिल्ली हानिए, कार्यालय छाेडेर नेताकाे घर घर धाउने काम गरे, समग्र नेपालकाे प्रहरी हुनुकाे सट्टा सुदुरपश्चिमकाे भए, अनि समग्र नेपालीकाे हुनुकाे सट्टा नेपाली काँग्रेसकाे भए । यस्ले गर्दा एक जना काविल प्रहरी अधिकृत अालाेचनाकाे भुमरीमा फस्न पुगे ।
अनि नेपालका राजनीतिक दलहरू देशकाे स्वार्थ भन्दा पनि अाफ्नाे पार्टी र त्यसका पनि गुटकाे स्वार्थ बाहेक यीनले केही देख्दैनन् भन्ने प्रमाणित गर्दैछन् । तीन पटक देशकाे प्रधानमन्त्री भइसकेकाे व्यक्तीकाे त यति सानाे छाती छ भने अरूले देशकाे लागि केही गरेनन् भनेर टाउकाे दुखाउनुकाे के अर्थ रहला र ?
तीन पटक सम्म देशकाे प्रधानमन्त्री भइसकेकाे व्यक्तिले एउटा चुनावकाे परिणामसंग समग्र देशकाे सुरक्षा व्यवस्थाकाे साैदावाजी गर्दैछन् । यस्ले भविष्यमा समग्र प्रहरी संगठनमा कस्ताे प्रभाव पार्छ भन्ने हेक्का समेत नराखेकाे देखिन्छ ।