Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इटहरी यातायात कार्यालयमा अख्तियारकाे छापा, लेखापाल घुस सहित पक्राउ

Tuesday, January 31, 2017 National Power

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।

लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०-२० हजारको दरले ४० हजार रुपैयाँ घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।