काठमाडौं – प्रथम राष्ट्रिय मौलिक लोक भजन प्रतियोगिता २०८१ भव्य रुपमा सम्पन्न भएको छ । गत शनिबार असार १ गते साँस्कृतिक संस्थान नाचघर जमल काठमाण्डौंमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि रेग्मीले भजन प्रतियोगिता २०८१ ले देश देशान्तरमा रहेका लोक भजनका गायक ,स्रष्ठा,संगीतकारहरुलाई प्रोत्साहित गरेको वताएका छन । नयाँ
काठमाडौं-कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।
काठमाडौं – आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा
काठमाडौं-छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ अर्थ नेपाल प्रा.लि.ले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड
काठमाडौं – भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायांकन महेश महरा, सम्पादन कल्पेश विश्वकर्मा, निर्देशन बबिता श्रेष्ठको रहेको छ
काठमाडौं – लंका फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मुक्तानले लिएका छन् ।
काठमाडौं- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर माध्यामिक विद्यालयमा अध्ययन गरेकाहरुले ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन गरेका छन् । काठमाडौंको गौशालास्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण प्रसाद उप्रेती, सचिवमा भवनाथ ढुङ्गेल, सहसचिवमा प्रविण थपलिया र कोषाध्यक्षमा कल्पना ढकाल
काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र मृत्युकोषको छायाँकन सम्पन्न भएको छ । काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको मृत्युकोषलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ । चलचित्रमा एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको
अमेरिका – अमेरिकाको बाल्टिमोरस्थित मेरील्याण्डमा रहेको पेरीहल पार्कमा गत हप्ता शनिवार बिहानैदेखि नेपालका लोकप्रिय कलाकारहरु तथा कलापारखीहरुको चहलपहल देखियो । जुन ८ का दिन पार्कमा भेला भएका अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुका लागि उक्त दिन ऐतिहासिक दिन नै बन्यो । रमणिय पेरीहल पार्क घरदेशदेखि परदेशसम्मका कलाकारको जमघटस्थल बनेको थियो । गीत, संगीत, अभिनयसहितका विधाका पारंगत कलाकारहरुमध्ये
काठमाडौं– नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न भएको छ । ‘कलाकार र आमसञ्चार’ विषयक गोष्ठिमा वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा विषेश छलफल गरिएको थियो । उक्त गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार कृष्ण भट्टराईले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर